२० बैशाख २०८३, आइतबार | May 4, 2026

बजेट बिना मन्त्रीले गरे बहुउद्देश्यीय सभाहलको शिलान्यास,  निर्माण शुरु हुने कुरा भने अन्योलमा



देउखुरी । शहरी विकास मन्त्री मेटमणि चौधरीले हतारमा शिलान्यास गरेको लमहीको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित लमही नगर विकास समितिले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहलको शहरी विकास मन्त्री मेटमणि चौधरीले गत साउन २८ गते निकै तामझाका साथ शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रममा बोल्दै शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सभाहल सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उद्घोष समेत गरेका थिए तर, शिलान्यास गरेको करिब एकमहिना वितिसक्दा समेत आयोजना अझै अघि बढ्न सकेको छैन ।

मन्त्री चौधरीले प्रक्रिया पूरा नगरी भवनको शिलायास गर्दा एकमहिना सम्म काम नै सुरु भएको छैन । जस लिनलाई मन्त्री चौधरीले तत्कालिन समयमा बजेट व्यवस्था बिनै सघन शहरी आयोजना कार्यालय घोराही दाङको लगानी स्वीकृतसमेत नगरी बहुउद्देश्यीय सभाहलको शिलान्यास थिए । सघन शहरी आयोजनाबाट बजेट स्विकृत भएको भनिएपनि सघन शहरी आयोजना कार्यालय घोराही दाङका इञ्जिनीयर विजय शेखर खनालले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर बजेट प्राप्त नभएको बताएका छन् ।

खनालले सभाहल निर्माण गर्ने भनेर कुनै कार्यक्रम नभएको बताए । ‘सघन शहरीबाट निर्माण गर्ने भन्ने कुराहरु चाही आइरहेको छ.’ उनले भने,– ‘विभागमा पठाउनका लागि स्टिमेटहरु बनाउने काम चाही गरिरहेका छौँ । विभागमा पठाइसकेपछि अर्थ मन्त्रालयले पनि पूर्ण बजेटको सुनिचिश्ता गरिदिनुप¥यो ।’

‘सोही अनुसारको प्रक्रियामा हामी लागि रहेका छौं । अहिलेसम्म टेण्डर पनि भएको छैन । टेण्डर प्रक्रिया फाइनल भएर एकदमै छिटो भवन निर्माणको काम सुरुहुने भनेको माघ महिना देखि होला ।’ खनालले भने ।

शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास भएको बहुउद्देश्यीय सभाहलमा एकहजार मानिस अट्ने र उक्त भवन पूरा गर्न जम्मा ५३ करोडको लागत अनुमान गरिएको छ । यता लमही नगर विकास समितिका सव–इञ्जिनियर तुलसीराम अर्यालले भवन निर्माणको लागि नगर विकास समितिबाट जग्गा व्यवस्थापन भएको जानकारी दिए।

‘हामीले बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर १८ कठ्ठा जग्गा व्यवस्थापन गरेर राखेका थियौँ तर, लमही नगर विसका समितिबाट बजेटको व्यवस्थापन हुन सकिरहेको थिएन । बजेटको स्रोत विना शहरी विकास मन्त्री मेटमणि चौधरीबाट भवनको शिलान्यास भयो,’ उनले भने।

मन्त्री चौधरीले निर्वाचन क्षेत्र अन्तरगत लमहीको रातो डाँडामा बहुउद्देश्यीय सभाहलको शिलान्यास गरेपछि काम नहुँदा वरिपरि काँस पलाएर शिलान्यास गरेको स्तम्भ नै नदेखिने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ९ : १५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता