१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अब एक क्लिकमा हुनेछ देशभरको माटोको गुणस्तर मापन



काठमाडौं । अब देशभरको माटोको गुणस्तर कस्तो छ भनेर एकैठाउँबाट बसेर जानकारी प्राप्त गर्न सकिने भएको छ । कम्प्युटरको माध्यमबाट देशको जुन कुनको माटो भएपनि त्यसको वैज्ञानिक परीक्षण र विश्लेषण गर्ने प्रविधिको काम सम्पन्न भएको छ ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले तयार पारेको देशैभरिको माटोको परीक्षण गर्ने विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) प्रविधिलाई यही फागुन १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेभएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूले मन्त्रालयलाई सबै प्राविधिक तयारी पुरा भएको जानकारी गराएपछि उद्घाटनको समय निकालिएको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिएका छन् ।

विद्युतीय म्यापिङबाट देशको जुनसुकै कुनामा क्लिक गरेपनि सो ठाउँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिन्छ । नार्कका वैज्ञानिकहरुले सोही अनुसार म्यापिङ तयार पारेका हुन् । यसका लागि अहिलेसम्म ५७ वटा जिल्लाबाट २३ हजार माटोको नमुना सङ्कलन गरी विश्लेषण गरिएको छ । यसरी संकलित माटोको विश्लेषण स्याटलाइटमार्फत गरिएको छ ।

सिमेटे प्राविधिक सहयोग र यूएएआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले माटोको विद्युुतीय म्यापिङ तयार गरेको हो । यसरी माटोको म्यापिङ गर्ने नेपाल दक्षिण एशियाली मुलुकमा पहिलो देश बनेको छ ।

कहाँ के कुरा लगाउने, कहाँ कति रासायनिक मल प्रयोग गर्ने, कहाँ कुन मौसममा के लगाउन सकिने र त्यो सबै मोटोको गुुणस्तरले नै स्पष्ट गर्नेगर्छ । त्यसैले विद्युतीय म्यापिङमार्फत माटोको गुणस्तर जानकारी लिई किसानलाई बाली लगाउन सजिलो हुन्छ । माटो वैज्ञानिक गैरेका अनुसार विद्युतीय म्यापिङले ठ्याक्कै शतप्रतिशत परिणाम नदिए पनि नजिक नजिकको परिणाम दिन्छ जसबाट किसानलाई बाली लगाउन निकै सजिलो हुन्छ ।

कुनै ठाउँको मोटोको बारेमा जानकारी लिनुुपर्ने भएमा सो स्थानमा क्लिक गरेपछि थाहा हुन्छ । त्यो विद्युतीय म्यापिङबाट माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास, अर्गानिक म्याटर, पीएच, तराईमा जिङ्क र वोरोनबारे जानकारी लिन सकिन्छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : ०२ बजे

राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन भइरहेका छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा तीन

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राज्यका सबै

पाल्पा ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या गर्ने सार्वजनिक

तानसेन । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो