१३ बैशाख २०८३, आइतबार | April 26, 2026

भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु



रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी/फलफूलबजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फुयाँलले फलफूल खरिद गरेर क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । उद्घाटनमा राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक फुयाँलले तरकारी/फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए ।

अब यसबजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी ÷फलफूलको रकम भुक्तान गर्न सक्नेछन् । साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वल्र्ड लिंक नेपालले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्तबजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख यज्ञप्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिलाप्रसाद ओझा, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । ‘नया’ प्रविधि अपनाउने र नवीन प्रोडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि देखिएको छ ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ । बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण समेत गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टच पोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : १६ बजे

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा योतीयोग्यसँगै पाखो जमिन झाडीले