४ श्रावण २०८३, सोमबार | July 20, 2026

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला



नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले जानकारी दिए । उनका अनुसार खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा १४ र नेपालगन्ज उपमहानगरपालिकामा पाँच थान बेवारिसे मिटर फेला परेको छ ।

बेवारिसे मिटरबाट करिब तीन लाख हजार युनिट बराबरको विद्युत् खपत पहिचान गरी त्यसलाई राजस्व दायरामा ल्याइ लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्रमुख मिश्राले बताए । उनले भने, “केही ग्राहकले कार्यालयमा आएर रकम बुझाउनुभएको छ, केही बुझाउने प्रक्रियामा हुनुहुन्छ ।”

विभिन्न स्थानका घर र खेतमा मिटर नजोडी विद्युत् उपभोग गरिएको पाइएको जानकारी दिँदै प्रमुख मिश्राले चुवाहट नियन्त्रण कार्यक्रम प्रभावकारी हुँदा विद्युत चुवाहटमा कमी आउनुका साथै राजश्व सङ्कलन समेत वृद्धि भएको बताए । उपवितरण केन्द्र खजुराका इन्चार्ज दिनेश वली नेतृत्वको टोली गाउँ–गाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत् प्रयोगको अनुगमन तथा सेवा सुधारका कार्य गरिरहेको उनले बताए ।

मिटरमा स्वीकृत क्षमता पाँच एएमपी मात्र भएका तर नियमविपरीत १६ एएमपी, १५ एमपी र ३२ एएमपी सम्मका एमसिवी प्रयोग गरिरहेका ७४३ ग्राहकको डिमान्ड चुहावट नियन्त्रण गरिएको वलीले जानकारी दिए । ती ग्राहकबाट प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक रकम असुली गर्ने प्रक्रिया अगाडि बढाइएको वितरण केन्द्रले जनाएको छ ।

चुहावट नियन्त्रण अभियानसँगै ग्राहकलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले फिल्डमै पुगेर ग्राहकका गुनासा तथा विद्युत् आपूर्तिसम्बन्धी समस्याको स्थलगत रूपमा समाधान गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । इन्चार्ज वलीले आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकको समस्या पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको बताए । आवश्यकता भएका स्थानमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ९ : ४९ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगन्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको

निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु सम्पर्कमा

महेन्द्रनगर ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला

हिमालय आँखा अस्पतालको सेवा कर्णालीमा : एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको शल्यक्रिया

काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९५३ जनाको निःशुल्क आँखाको

छनोटसमेत नभएको चीनले बिश्वकपवाट यसरी कमायो अर्बौं डलर

काठमाडौं । आइतवार राती स्पेनले खेल जीतेसँगै फिफा विश्वकप २०२६

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा