३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षले छान्यो ६८ जिल्लाका अध्यक्ष र सचिव, बाँकी कार्य बिभाजन सर्वोच्चको फैसलापछि (नामावली सहित)



काठमाडौँ । निर्वाचन आयोगले निर्णय नदिएका कारण विभाजित भएर पनि एउटै नाम र एउटै निर्वाचन चिन्ह बोकेर बसिरहेको दुई नेकपा मध्य प्रचण्ड-नेपाल पक्षको नेकपाले ६८ वटा जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । कानुनीरुपमा विभाजित भएको घोषणा हुन बाँकी रहेकै अवस्थामा पार्टी एकिकरणका बेला चयन गरिएका अध्यक्ष र सचिवहरुमा केही ओलीपक्षको नेकपामा खुलेपछि रिक्त भएका स्थानमा प्रचण्ड-नेपाल पक्षले पदपुर्ती गरेको हो ।

गत फागुन १ र २ मा बसेको स्थायी कमिटी बैठकले पार्टी एकिकरणको बाँकी काम पुरा गर्न मापदण्ड तय गर्ने तथा जिल्ला अध्यक्ष र सचिवको नाम टुंगो लगाउने जिम्मा सचिवालयलाई दिएको थियो । सचिवालयको फागुन ७ गतेको बैठकले संगठनात्मक एकतासम्बन्धी आठ बुँदे मापदण्ड एवं आधार तयार पारेको थियो ।

विभाजन पूर्व पूर्व एमाले र पूर्व माओबादीकाबीच ६०-४० को अनुपातमा जिम्मेवारी तोक्ने मापदण्ड बनाईएको भएपनि विभाजन पछि भने ५०-५० को आधारमा जिम्मेवारीको बाँडफाँट गर्ने सचिवालयले तय गरेको छ । सचिवालय बैठकका अनुसार बाँकी ९ जिल्ला, प्रवास कमिटीहरु सहित अन्य पदाधिकारी भने सर्वोच्च अदालतको फैसलापछि निर्णय गरिने नेकपा प्रचण्ड-नेपाल पक्षले जनाएको छ ।

सो पार्टीले ७७ वटै जिल्लाका ईन्चार्ज तथा सह ईन्चार्जहरु भने तोकिसकेको छ ।

जिल्ला अध्यक्ष तथा सचिवहरुको विवरण

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/Prachanda-Nepal-jilla-neta.pdf” title=”Prachanda-Nepal jilla neta”]

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १० : ३२ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन

हुरीबतासबाट रुख ढलेर उदयपुरमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै