६ श्रावण २०८३, बुधबार | July 22, 2026

३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र विस्तारले गति लिँदै



काठमाडौं । सप्तरी जिल्लामा २०४४ मा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापनापछि सुस्ताएको औद्योगिक क्षेत्र विस्तारले गति लिने देखिएको छ ।

३३ वर्षपछि नयाँ औद्योगिक क्षेत्र थप तथा विस्तार गर्न सरकारले विभिन्न ५ ठूला औद्योगिक क्षेत्रहरूको शिलान्यासलाई अघि बढाएको छ ।मुलुकभित्र नयाँ औद्योगिक क्षेत्रको पहिचाहन र घोषणा गरिएको झन्डै ५ वर्षपछि सरकारले सुदूरपश्चिम प्रदेशबाट नयाँ औद्योगिक क्षेत्रको शिलान्यास शुरू गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सो प्रदेशको कञ्चनपुरस्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो । मंगलवार (आज) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् ।

यसैगरी, उनले नै १४ गते शुक्रवार वाग्मती प्रदेशको मकवानपुर जिल्लाको मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशको रूपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र १३ गते बिहीवार शिलान्यास गर्ने समयतालिका रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको दमक क्लीन इन्डस्ट्रियल औद्योगिक पार्कको शिलान्यास पनि प्रधानमन्त्रीबाट नै फागुन १६ गते शिलान्यास गरिँदै छ । उक्त समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ४५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज