१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

विषादी व्यवस्थापन तथा न्युनीकणर सम्बन्धी अन्तरक्रिया



बुटवल । कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा विषादी व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रदेशका विभिन्न जिल्लाहरुबाट किसान, सरोकारवाला निकायहरुको सहभागितामा बुटवलमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटा, निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत कामना अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै निर्देशक याम नारायण देवकोटाले विषादीको बर्गिकरण, यसको प्रयोग, असर र चुनौतिको विषयमा प्रकाश पारेका थिए ।
यस्तै बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले विषादी को समुचित प्रयोगका फाईदाको विषयमा जानकारी दिदै विषादी प्रयोगमा अपनाउनुपर्ने सचेतनाको विषयमा प्रकाश पारेका थिईन ।

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले मन्तव्य राख्दै व्यवसायिक नाफा भन्दा पनि मानिसको हितमा राखेर विषादीको समुचित प्रयोग गर्नुपर्नेकुरामा जोड दिएका थिए ।

मन्त्रालयका कृषि प्रसार अधिकृत आशा भण्डारी, निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि विकास अधिकृत दयाराम बस्याल लगायतको सहभागीता रहेको थियो ।

कार्यालयमा जिल्लास्थति मतहतका कार्यालयका मातहतका कार्यालय, किसान तथा सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : २५ बजे

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले