२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने



काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको स्वागत गर्दै नेकपाको प्रचण्ड-नेपाल पक्षले आज देशैभर विजय जुलुस निकाल्ने भएको छ ।

संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने तयारी गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निकालिनेछ । जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने उनले बताए ।

दुबै अध्यक्ष अहिले चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुगेका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : १७ बजे

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान