७ आश्विन २०८३, बुधबार | September 23, 2026

शिक्षामन्त्री श्रेष्ठको दाबी : प्रधानमन्त्रीको राजीनामा आउँदैन, चुनाव जहिले हुन्छ यही सरकारले गर्छ



काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।

सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै आगामी दिनमा समेत यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।

श्रेष्ठले प्रधानमन्त्रीले आफु विरुद्ध अविश्वासको प्रस्ताव आए डटेर सामना गर्ने बताए । उनले आफुहरुसँग एक से एक राजनीति खेल जानेका नेताहरु भएका कारण कसैसँग डराउन नपर्ने दाबी गरे । मन्त्री श्रेष्ठले अब यही सरकार चुनावी सरकार बनेर आगामी चुनाव सम्पन्न गर्ने दाबी समेत गरे ।

‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन्’, उनले भने, ‘यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

देशलाई फोहोरी खेलबाट मुक्त गर्ने काम प्रधानमन्त्री ओली बाहेक अरु कसैले गर्न नसक्ने श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ११ : ५६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११