२६ कार्तिक २०८१, सोमबार | November 12, 2024

बालीका रोग किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतना गोष्ठी



बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा बालीका रोग किराको प्रकोप व्यवस्थापन सम्बन्धी सचेतनामुलक गोष्ठी सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा रहेका कृषि ज्ञान केन्द्र, कृषि तथा पशुपंक्षि एकिकृत कार्यालय र स्थानिय तहमा रहेको कृषि विकास शाखाका कृषि प्राविधिकहरुको सहभागीतामा बुटवलमा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका बरिष्ठ बैज्ञानिक विनिता शर्मा, प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहिया प्रमुख बरिष्ठ बाली संरक्षण अधिकृत कुलदिप घिमिरे, कृषि विकास निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, गो कृषि कार्यक्रमका लुम्बिनी प्रदेश संयोजक विक्रम नेपालीले कार्यपत्र प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ बालीविकास अधिकृत राम गोविन्द आर्याल, बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि प्रसार अधिकृत अनिल कुमार बानिया, कृषि प्रसार अधिकृत आशा भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ४१ बजे

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन

पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा

म्याग्दी । मङ्गला गाउँपालिका-५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा

आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका

लुम्बिनी विकास कोषको बजेट परिषद बैठकद्धारा पारित

काठमाडौं । लुम्बिनी विकास कोषको परिषद बैठकले आर्थिक वर्ष २०८१/०८२