हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छिन। उनले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराएका हुन् । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । आले काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा ९२० बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएकी थिइन ।
















प्रतिक्रिया