३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

रोटरी डे मा मानव सेवा आश्रममा खाद्यान्न सहयोग



बुटवल । रोटरी क्लव अफ बुटवलले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न वितरण गरेको छ । ११६ औं रोटरी डे को अवसर पारेर क्लवले मानव सेवा आश्रम बुटवलमा खाद्यान्न सहयोग गरेको हो । क्लवका अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा रोटरीयन र रोटर्याक्टहरुको उपस्थितिमा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

खाद्यान्न वितरण कार्यक्रममा क्लवका एजी एवं पुर्व अध्यक्ष हरि पौडेल, क्लवका अध्यक्ष सुनिल श्रेष्ठ, सचिव रोम शर्मा, मानव सेवा आश्रमका अभिभावक चन्द्रमान श्रेष्ठ, रोटर्याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

त्यस्तै क्लवको १३५३ औं नियमित बैठक पनि क्लव सचिवालयमा बसेको छ । बिजनेश एजेण्डामा छलफल गर्न बसेको बैठकमा रोटरी डे का अवसरमा क्लव सचिवालय बुटवलमा क्लवका पुर्व अध्यक्ष एवं क्लव मेन्टर कृष्णप्रसाद अर्यालले केक काटी शुभकामना आदानप्रदान गरिएको थियो । त्यस अवसरमा क्लव मेन्टर अर्यालले रोटरी इन्टरनेशनल कसरी सुरु भयो भन्ने सन्दर्भमा प्रकाश पारेका थिए । त्यस्तै पुर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरी डे को महत्वका बारेमा प्रकाश पारेका थिए ।

त्यस्तै रोटरीयन लोकनाथ उपाध्याय, हुतानन्द खनाल, डा. नारायणप्रसाद पन्थलगायतले रोटरीले लिएको उद्देश्य प्राप्तीमा अगाडि बढ्नुपर्ने सुझाव दिंदै रोटरी अभियानमा आफूहरुको सहयोग रहने बताएका थिए ।

कार्यक्रमका अवसरमा अध्यक्ष सुनिल श्रेष्ठले कोभिडको महामारीका बाबजुद पनि रोटरी क्लव अफ बुटवलले आफ्नो कार्ययोजना अनुसार काम गरिरहेको जानकारी गराए । त्यस्तै उनले रोटरीले अगाडि सारेका प्रोजेक्टहरु लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्यान्सर स्क्रिनिंग एण्ड डाइग्नोष्टिक सेन्टर, आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट, शंकरनगर वनवाटिकामा इ लर्निंग एण्ड साइन्स थिएटर र ब्लड कलेक्शन मोवाइल भ्यानको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ५३ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज