२३ भदौ २०८३, मंगलबार | September 9, 2026

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण



चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू-उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ ।

नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको बर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङगल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगलले ओगटेको छ ।

यस्तै ६ हजार ५३५ दशमलब ०७ हेक्टर कृषि योग्य रहेको छ । उनका अनुसार सार्वजनिक भूमि ३१५ दशमलब ५२ हेक्टर, आबासीय जमीन १ हजार ९१८ दशमलब ८७ हेक्टर, व्यवसायीक जमीन ५९ दशमलब ९३ हेक्टर, औद्योगिक क्षेत्र १० दशमलब ०२ हेक्टर र सांस्कृतिक भूमि ९ दशमलब ३१ हेक्टर रहेको छ ।

भूमि वर्गीकरणको काम सकिएकाले सबै विवरणहरु वडा कार्यालयहरुमा पठाइएको उनले जानकारी दिए । पालिकाले गरेको भूमि को वर्गीकरणबारे चित्त नवुझे अगामी चैत १ गतेसम्ममा भू उपयोग कार्यान्वयन निर्देशिका २०८१ को खफा २८ को उपदफा २ वमोजिम निवेदन पेश गर्न सूचना जारी गरिएको छ । जग्गा धनिले भू उपयोग वर्गीकरणमा चित्त नबुझाएर निवेदन दिएमा यस्ता निवेदन माथि अध्ययन गरी पुर्नबिचार गरिने अधिकृत भूषालले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ८ : ०६ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी