१० भदौ २०८३, बुधबार | August 26, 2026

निकट नेताहरुलाई देउवाको ब्रिफिङ : नेकपाका दुवै पक्षबाट अफर आइरहेको छ



काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पदाधिकारी बैठक अघि सभापति शेरबहादुर देउवाले आफु निकट नेताहरुसँग छुट्टै छलफल गरेका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा भएको छलफलका क्रममा देउवाले नेकपाका दुवै पक्षबाट मिलेर अघि बढ्ने प्रस्ताव आएको बताएका छन् ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि बदलिएको राजनीतिक घटनाक्रममा नेपाली काँग्रेस निर्णयक दलको रुपमा उभिएको छ ।

प्रचण्ड नेपाल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवासँग बुधबार भेट गरिसकेका छन् । भेटका क्रममा मिलेर अघि बढ्न प्रचण्ड नेपालले देउवासँग प्रस्ताव गरेका थिए ।

आफु निकट नेताहरुसँग सभापति देउवाले दुवै समूहले विभिन्न प्रस्ताव गरेको बताएका छन् । तर, नेकपा औपचारिक रुपमा विभाजन नभैसकेको अवस्थामा अहिल्यै सबैकुरा पत्याइहाल्ने अवस्था नभएको पनि देउवाले बताएका छन् ।

दुवै समुहका गतिविधि हेरेर मात्र कांग्रेस निस्कर्षमा पुग्नुपर्ने कुरा सभापतिले राखेको छलफलमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले बताएका छन् ।

नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आजै दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  १ : ४६ बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट