२९ चैत्र २०८२, आइतबार | April 13, 2026

एमसीसीका पक्षधरहरुको गठबन्धन सरकारकाे बन्नसक्ने खतरा बढ्यो : मसाल महामन्त्री सिंह



बुटवल । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले प्रधानमन्त्री केपी ओलीका कारण मुलुकमा राजनीतिक अस्थिरताको अवस्था आएको बताएका छन् । प्रगतिशिल पत्रकार संघ रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले प्रतिनिधिसभा पुनःस्थापना भएर संविधानको रक्षा भएपनि मुलुकमा राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएको बताए ।

उनले संसद पुनर्स्थापनाले संविधान थप बलियो भएको बताउँदै संविधानलाई बलियो बनाउने कार्यमा फैसला गर्ने न्यायाधीसहरु, संविधानको रक्षाका लागि वकालत गर्ने वकिलहरुलाई नेकपा मसालको तर्फबाट धन्यबाद दिए । ‘सर्वोच्च अदालतलाई धन्यबाद दिनु पर्छ, ती संविधानबिदहरुलाई पनि धन्यबाद दिनु पर्छ, जसले संसद विघटनका विश्रद्ध उभिए ।’ उनले भने ।

संसद पुनर्स्थापना पछि उत्पन्न अस्थिरताको फाईदा उठाउन देशीविदेशी शक्तिको चहलपहल बढ्ने संकेत देखियको महामन्त्री सिंहले बताए । उनले संसद पुनर्स्थापना पछि पनि नयाँ जटिलताहरु थपिएको उल्लेख गर्दै नेकपाको विभाजन भएको अवस्थामा मुलुक अराजनीतिक अवस्थामा जान सक्ने आशंका गरे । संसद पुनर्स्थापना पछि अस्थिरता आउँछ भन्दै प्रधानमन्त्री ओली आफै भन्दै हिँडेको चर्चा गर्दै महामन्त्री सिंहले ओलीको भनाईमा सत्यता रहेको बताए । अस्थिर अवस्था पैदा गर्न चलिरहेको सरकारलाई अङ्गभङ्ग गर्ने काम पनि ओलीले नै गरेकाले अस्थिरताको जिम्मेवार पनि ओली नै भएको उनले बताए । ‘ओलीले देशको सरकार अस्थिर बनाईदिएकाछन्, राजनीति अस्थिर बनाईदिएका छन् , देशलाई ठूलो घाउ चोट लगाईदिएका छन्, संसदले सजिलै ओलीले बनाएको घाउ निको पार्न नसक्न पनि सक्छ ।’ उनले भने ।

नेपालको अस्थिरताले साम्राज्यवादी शक्तिले अवसर प्राप्त गर्ने खतरा बढेको तर्फ संकेत गर्दै महामन्त्री सिंहले ती शक्तिहरुले एमसीसीका पक्षधरहरुको गठबन्धन सराकर बनाईदिन सक्ने अवस्था देखिएको बताए । उनले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस र मधेसबादीदलहरु एमसीसीका पक्षमा रहेको आरोप लगाउंदै आगामी दिनमा तीनीहरु बीचकै गठबन्धन सरकार बन्न सक्ने बताए ।

साम्राज्यबादी शक्तिहरु नेपालमा शैन्य अंखडा कायम गर्ने, चीन विरुद्ध मोर्चाबन्दी गर्ने र शिन्द प्रशान्त क्षेत्रलाई आफु अनुकुल चलाउन चाहिरहेको बताउंदै उनले यस्तो खतराबट सचेत बन्नुपर्ने आवश्यक रहेको बताए । उनले अस्थिरताको फाईदा राजाबादीहरुले पनि लिन सक्ने बताए । ओलीले संसद विघटन गर्दा राजाबादीहरु खुसी भएको बताउंदै सिंहले संसद पुनर्स्थापना भएपछि राजाबादीहरु चिन्तित भएको बताए ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ६ : ४५ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्