१२ असार २०८३, शुक्रबार | June 26, 2026

१२ औं लियो कर्पोरेट सुपर सिक्सेज क्रिकेट डे नाईट प्रतियोगिता हुँदै



भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा १२ औं लियो कर्पोरेट सुपर सिक्सेज टुर्नामेन्ट हुने भएको छ । विगत ११ वर्षदेखि हुँदै आएको प्रतियोगिता यस वर्ष पनि फागुन १५ गते शनिबार हुने क्लबले जनाएको छ ।

क्लबले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा नबिल, एनएमबी, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी, सिद्धार्थ, ग्लोबल आइएमई बैंक, महालक्ष्मी विकास, साइन रेसुंगा डेभलपमेन्ट, कृषि विकास, मुक्तिनाथ विकास, तिनाउ मिसन डेभलपमेन्ट र आइसीएफसी फाइनान्स लिमिटेड गरी १२ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष समिर पौडेलले बताए ।

यो टुर्नामेन्ट आइसीसी सुपर सिक्सेज टुर्नामेन्टको नियम अनुसार सञ्चालन हुने र प्रतियोगितामा राष्ट्रिय अम्पायरहरुको निर्देशन र उपस्थिति हुने पौडेलले जानकारी दिए ।

प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई नगद पुरस्कारका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट डिसिप्लीन टिम, सबै रनर टिमका लागि मेडल र ट्रफिको व्यवस्था गरिएको कार्यक्रम संयोजक सन्देश के.सी.ले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक लायन्स क्लब अफ भैरहवा लुम्बिनी र सह-प्रायोजक आइडिएल डिजाइन एण्ड कन्सट्रक्शन, बज अटोमोबाइल, द एअरपोर्ट भ्यू रेष्टुरेण्ट एण्ड बार, आइक्यूआरए एजुकेशन कन्सटेन्सी प्रा.लि.रहेको क्लबका पूर्व अध्यक्ष अरुण पन्थीले बताए । प्रतियोगिता सफल बनाउन अन्य संघ-संस्था तथा व्यवसायीहरुलाई ब्यानर स्पोन्सर गरेर प्रतियोगितालाई सफल बनाउन क्लबले आग्रह गरेको छ ।

पहिलो पटक लियो कर्पोरेटको इतिहासमा यस वर्ष डे-नाइट टुर्नामेन्ट गरी एकै दिनमा सम्पूर्ण लिग चरणको खेलहरु बिहानको ८ बजेदेखि सुरु गरी क्वार्टर फाइनल, सेमिफाइनल, फाइनल लगायत खेलहरु सोही दिनमै समापन हुने क्लबका पूर्व अध्यक्ष शार्दुल मयूर कसौधनले बताए । प्रतियोगिताको आयोजना गर्न रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग रहने क्लबले जनाएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष दिपेश पछाई, लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष सुनिल सेञ्चुरी लगायतले बोल्दै यस क्षेत्रको खेलकुदको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए । लियो क्लब अफ सिद्धार्थनगरका जनसम्पर्क अधिकारी आयुष अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ८ : ४१ बजे

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)