९ चैत्र २०८२, सोमबार | March 23, 2026

३० वर्षदेखि कसैले हटाउन नसकेको नेपालगन्ज-खजुरा खण्डको मानपुर मोडको घर बाँकेका सीडीओले भत्काए



नेपालगन्ज । वर्षौदेखि एकजना घरधनीको अवरोधका कारण सडक विस्तार अवरुद्ध हुँदै आएको नेपालगन्ज खजुरा सडक खण्डको मानपुरको घर अन्ततः डोजर लगाएर भत्काईएको छ । यस अगाडी पटक पटक घर भत्काउन सुचना गरिएपनि घरधनीको उच्च राजनीतिक पहुंचका कारण भत्काउन नसकेको घर, आज घरधनीकै सहमतीमा भत्काईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको लामो प्रयास पछि घरधनी घर तोड्न सहमत भएको बताईएको छ । मुख्य अवरोधक सो घर सहित अन्य सडकमा परेका घरहरु पनि तोडने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए ।

मुख्यसडकको मोडमा रहेको सोहि घरका कारण नेपाल गन्ज बर्दिया खण्डको मुख्य सडकमा धेरै पटक दुर्घटना हुने गरेको थियो । सडक डिभिजन कार्यालय, जिल्ला सडक विस्तार योजना, हुलाकी सडक विस्तार आयोजना सहित सडक विस्ताका क्रममा विगत २५ वर्ष देखि घर तोड्न प्रयत्न गरिएपनि घरधनीको पहुंचका कारण अदृष्य माथिबाट दवाव आएपछि सडक विस्तारका निकायहरु पछाडि हट्दै आएका थिए । पछिल्लो समय अदालतको आदेशमा घर हटाउने कार्य रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको अध्यउक्षतामा बसेको बैठमा घरधनी शान्तिदेवी सिंहका श्रीमान अमर सिंह र छोराहरु नारायण सिंह र देवेन्द्र प्रताप सिंह घर हटाउन ुहमत भएपछि आज सो घर हटाईएको हो । सहमतीमा घरको क्षेतीपुर्ती तथा जग्गाको मुआब्जाकालागि सिफारिस गर्ने निर्णय भएपछि घर हटाईएको सिडीओ कुरुम्वाङले बताए ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : १९ बजे

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६