३ पुस २०८२, बिहिबार | December 18, 2025

३० वर्षदेखि कसैले हटाउन नसकेको नेपालगन्ज-खजुरा खण्डको मानपुर मोडको घर बाँकेका सीडीओले भत्काए



नेपालगन्ज । वर्षौदेखि एकजना घरधनीको अवरोधका कारण सडक विस्तार अवरुद्ध हुँदै आएको नेपालगन्ज खजुरा सडक खण्डको मानपुरको घर अन्ततः डोजर लगाएर भत्काईएको छ । यस अगाडी पटक पटक घर भत्काउन सुचना गरिएपनि घरधनीको उच्च राजनीतिक पहुंचका कारण भत्काउन नसकेको घर, आज घरधनीकै सहमतीमा भत्काईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको लामो प्रयास पछि घरधनी घर तोड्न सहमत भएको बताईएको छ । मुख्य अवरोधक सो घर सहित अन्य सडकमा परेका घरहरु पनि तोडने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए ।

मुख्यसडकको मोडमा रहेको सोहि घरका कारण नेपाल गन्ज बर्दिया खण्डको मुख्य सडकमा धेरै पटक दुर्घटना हुने गरेको थियो । सडक डिभिजन कार्यालय, जिल्ला सडक विस्तार योजना, हुलाकी सडक विस्तार आयोजना सहित सडक विस्ताका क्रममा विगत २५ वर्ष देखि घर तोड्न प्रयत्न गरिएपनि घरधनीको पहुंचका कारण अदृष्य माथिबाट दवाव आएपछि सडक विस्तारका निकायहरु पछाडि हट्दै आएका थिए । पछिल्लो समय अदालतको आदेशमा घर हटाउने कार्य रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको अध्यउक्षतामा बसेको बैठमा घरधनी शान्तिदेवी सिंहका श्रीमान अमर सिंह र छोराहरु नारायण सिंह र देवेन्द्र प्रताप सिंह घर हटाउन ुहमत भएपछि आज सो घर हटाईएको हो । सहमतीमा घरको क्षेतीपुर्ती तथा जग्गाको मुआब्जाकालागि सिफारिस गर्ने निर्णय भएपछि घर हटाईएको सिडीओ कुरुम्वाङले बताए ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १ : १९ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा