२३ श्रावण २०८३, शनिबार | August 9, 2026

महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणाली कार्यबिधि सार्वजनिक



खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा बालिका विरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणालीको कार्यबिधि सार्वजनिक गरिएको छ । सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र र महिला कानुन र विकास मञ्चद्वारा तयार पारिएको प्रेषण सम्बन्धि कार्यबिधिको आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले हिँसा लुकाउने प्रबृत्तिले समाजमा बालिका र महिलामाथिको हिँसा बढ्ने चेतावनी दिइन् । उनले समाजमा हुने हिँसालाई नलुकाई उजागर गरेमा हिँसा न्युनिकरण भई पिडकहरुलाई कानुनी दायरामा ल्याउन सकिने बताइन् । उपाध्यक्ष मल्लले तयार भएको कार्यबिधिलाई गाँउपरिषदबाट स्वीकृत गराई लागु गर्ने प्रतिबद्धता जनाइन् ।

खजुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीलबहादुर पौडेलले कार्यबिधिलाई कार्यान्वयनमा ल्याउन आफुले पहल गर्ने जनाउँदै कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन पनि गर्न आवश्यक हुने औल्याए ।

सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका संयोजक अधिवक्ता विश्वजीत तिवारीले महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण कार्यबिधि कार्यान्वयनमा आउन सके स्थानीय समाजमा हुने गरेका हिँसा न्युनिकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा केन्द्रका प्रतिनिधि राकेशकुमार मित्र, खजुरा ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीलगायतले कार्यबिधि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : ३९ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी