२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

निशुल्क स्वस्थ्य शिविर



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार वृहत निशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ ।

सिमली डेन्टल प्रा.लि, बुटवल र मिनाक्षी आई केयर, भैरहवाको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

तिलोत्तमा नगरपालिका स्थित श्री पश्चिम पहुनी माविमा दन्त तथा आखा परिक्षण, उपचार, परामर्श र औषधी वितरण गरिएको क्लबका अध्यक्ष थानेश्वर पान्डेले बताए ।

शिविरको एक समारोहका बिच क्लबका सल्लाहकार राजेन्द्र ढकालले उद्घाटन गर्दै सामाजिक सेवाको भावनाका साथ क्लब निरन्तर समुदाय लक्षित कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राज चौधरी, विद्यालयका प्रधानाध्यापक दुर्गा श्रेष्ठ, सचिव अर्जुन ढकालले समुदायको आवश्यकता बुझेर सचेतनासंगै विविध कार्यक्रम गर्दा उपयोगी हुने बताए । शिविरमा विशेषज्ञ चिकित्सकहरु र सहयोगीहरुबाट प्राविधिक सहयोग भएको थियो ।

शिविरका संयोजक दिपा भण्डारीले शिविरबाट अभिभावक तथा विद्यार्थी गरि आखा उपचारतर्फ २ सय ४५ र डेन्टलतर्फ २ सय ५६ जना लाभान्वित भएको बताईन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १७ बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन