२३ बैशाख २०८१, आइतबार | May 6, 2024

निशुल्क स्वस्थ्य शिविर



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार वृहत निशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ ।

सिमली डेन्टल प्रा.लि, बुटवल र मिनाक्षी आई केयर, भैरहवाको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।

तिलोत्तमा नगरपालिका स्थित श्री पश्चिम पहुनी माविमा दन्त तथा आखा परिक्षण, उपचार, परामर्श र औषधी वितरण गरिएको क्लबका अध्यक्ष थानेश्वर पान्डेले बताए ।

शिविरको एक समारोहका बिच क्लबका सल्लाहकार राजेन्द्र ढकालले उद्घाटन गर्दै सामाजिक सेवाको भावनाका साथ क्लब निरन्तर समुदाय लक्षित कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राज चौधरी, विद्यालयका प्रधानाध्यापक दुर्गा श्रेष्ठ, सचिव अर्जुन ढकालले समुदायको आवश्यकता बुझेर सचेतनासंगै विविध कार्यक्रम गर्दा उपयोगी हुने बताए । शिविरमा विशेषज्ञ चिकित्सकहरु र सहयोगीहरुबाट प्राविधिक सहयोग भएको थियो ।

शिविरका संयोजक दिपा भण्डारीले शिविरबाट अभिभावक तथा विद्यार्थी गरि आखा उपचारतर्फ २ सय ४५ र डेन्टलतर्फ २ सय ५६ जना लाभान्वित भएको बताईन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : १७ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa