३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

शहर सफा बनाउन काठमाडौं महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता



काठमाडौं । काठमाडौं शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ । यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्रोजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालिम (प्रफेसनल लर्निङ कोर्स पिएलससी) उपलब्ध गराउनेछ । तालिम यही फागुन २१ गतेबाट शुरु हुनेछ । कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ ।

तालिम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालिम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ ।

महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालिममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् ।

कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङ डीन डा डम्बरबहादुर नेपालीले तालीम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । शैक्षिक प्रतिष्ठानको ज्ञान र सीपको प्रयोग गरेर महानगरका कामलाई विशिष्टीकृत गर्ने क्रममा विश्वविद्यालयसँग सम्झौता भएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

“काठमाडौं महानगरसँगको सम्झौता विश्वविद्यालयका लागि महत्वपूर्ण कामको थालनी हो”, स्कूल अफ इञ्जिनीयरिङ डीन डा नेपालीले बताए । पछिल्लो समय शहरको फोहर व्यवस्थापन गर्न थप समस्या हुन थालेको भन्दै कामपाले यस किसिमको प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ११ : ४१ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज