२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

लियो क्लब अफ बुटवल खस्यौली युथद्धारा अपांगता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट शुरु



बुटवल । लियो क्लब अफ बुटवल खस्यौली युथको अपांगता स्वरोजगार उद्यमशीलता प्रोजेक्ट शुरु भएको छ । आफू भन्दा कम भाग्यशालीहरू लाई सहयोग गर्ने उद्देश्य सहित प्रोजेक्ट गर्न लागिएको क्लबले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

अर्घाखाँचीको भूमिकास्थान ६ खिल्जीका मीन बहादुर घर्तिबाट प्रोजेक्टको शुभारम्भ गरिने प्रोजेक्टका सह संयोजक तथा क्लबका सह कोषाध्यक्ष केशव खनालले जानकारी दिए ।

उनले कम्मर भन्दा तलाको भाग नचल्ने घर्तिले आफ्ना दैनिक आवश्यकताहरू आफै पुरा गर्नेगरेको बताउँदै उनलाई उद्यमी बनाउनको लागि क्लबले सहयोग गरेको जानकारी दिए । ४ लाख ५० हजारको लागतमा प्रोजेक्ट चलिरहेको बताए ।

क्लबका निवर्तमान अध्यक्ष राजिव जग कुँवरले आफ्नो कार्यकालमा बनेको योजना कोरोनाको कारणले रोकिएको र यो कार्यकालले कार्यक्रम पुरा गरेको बताए । उनले अपांग घर्तिलाई सहयोग गर्नपूर्व घर्तीको सहमति, स्थानीय पालीका तथा अगुवा सँग छलफल समेत गरेको बताए । घर्तिले कृषि कर्म पनि आफै गर्नुहुँदा कुटानी पिसानी मेसिन प्रदान गर्न लागेको जानकारी दिए ।

फागुन २९ गते कार्यक्रमको शुभारम्भ गरिने जानकारी दिँदै उनले प्याकेजिङ गरिएका सामाग्रीहरूको बजारीकरणमा समेत क्लबले काम गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष राजु पौडेलले क्लबका अन्य शाखाले पनि सहयोग गर्दै आएको बताउँदै अपांगता भएका ब्यक्तिलाई आत्मनिर्भर बनाउनको लागि उद्यमशीलता तथा स्वरोजगारी कार्यक्रम गर्न लागिएको बताए ।

उनले आफ्नो कार्यकालमा शुरु भएको कामलाई दीर्घकालसम्म नियमित राख्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले आवश्यकता अनुसार फरक फरक जिल्लामा प्रोजेक्ट सञ्चालन हुने र आर्थिक उपलब्धता भएसम्म वार्षिक १ जिल्लामा १ प्रोजेक्ट सञ्चालन गरिने बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार ज्ञानु पुन, क्लबका कार्यवाहक अध्यक्ष एवं प्रथम उपाध्यक्ष रोशन रायमाझी, क्लब सचिव दीपक खरेल, पिआरओ कल्पना डुम्रे ज्ञवाली, पत्रकार कपिल ज्ञवाली लगायतले बोल्दै क्लबको यस प्रोजेक्टको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ बुटवल खस्यौलीको स्पोन्सरमा खोलिएको क्लबले बिभिन्न सामाजिक क्षेत्रमा कामहरू गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ३८ बजे

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको