२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना विरुद्धको खोपप्रति ज्येष्ठ नागरिक उत्साहित



काठमाडौं । पालमा कोरोना भाइरस सङ्क्रमण शुरू भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ ।

खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको छ तर कतिपय ज्येष्ठ नागरिकले प्राथमिकताका आधारमा खोप लगाइसकेका छन्। खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित छन ।

कतिपय ज्येष्ठ नागरिकले पत्रकारको हैसियतले समेत कोरोनाविरुद्धको खोप लगाइसकेका छन । त्यसैक्रममा छन्, वरिष्ठ पत्रकार भैरव रिसाल । उमेरले ९३ वर्ष पुगिसकेका रिसालले केही चिकित्सकको सल्लाहमा खोप लगाएको जानकारी दिए । सुरुमा खोपबारे भ्रामक विषयलाई प्रचार गरिए पनि आफूलाई खोपमा पूर्ण विश्वास रहेको उनले बताए । आफूले चिनेका चिकित्सकद्वय डा. सरोज धिताल र डा. अर्जुन कार्कीसँंग परामर्श गरेको उनले जानकारी दिए ।

वरिष्ठ पत्रकार रिसालले भने, “चिकित्सकले लगाउन सुझाव दिएका कारण लगाएँ ।” आफूलाई मधुमेह, उच्च रक्तचाप कुनै पनि रोग नभएको भन्दै उनले प्रोस्टेट र पार्किसन्सको समस्या भने रहेको बताए । कोरोनाविरुद्धको खोपले सबैलाई हर्षित तुल्याएको र त्यसमा पनि ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित बनाएको बताउँदै उनले भने, “खोपले ज्येष्ठ नागरिकलाई उत्साहित बनाएको छ ।”

“खोप लगाउनासाथ घर आएर सिटामोल खाएँ,” रिसालले थपे, “खोप लगाएपछि हुनसक्ने असर ज्वरो आउने, बान्ता हुने, जिउ दुख्नेलगायतका कुनै समस्या भएन ।” खोप लगाइसकेपछि खोप शाखा प्रमुख झलक गौतमले फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे बुझेको जानकारी पनि उनले दिए ।

यस्तै ७६ वर्षीय वरिष्ठ पत्रकार पुरु रिसालले पनि खोप लगाएका छन । उनले वैज्ञानिक क्षेत्रले असाध्य मेहनत गरेर आविस्कार गरेको खोपप्रति आफूले पूर्ण विश्वस्त भएर खोप लगाएको जानकारी दिए । “मलाई मधुमेह छ, औषधि नियमित खाइरहेको छु,” पत्रकार रिसालले थपे, “खोप लगाएको ठाउँमा अलिअलि दुखे पनि अरू केही भएन ।”

खोप लगाएपछि हुनसक्ने कुनै पनि लक्षण नदेखिएको भन्दै उनले दुईचक्की सिटामोल सुरुमै खाएकाले ज्वरोसमेत नआएको बताए । “पहिला पहिला हैजाविरुद्धको खोप लगाइन्थ्यो,” उनले अनुभव सुनाए, “त्यस्तै केही पनि भएन, अब दोस्रो चरणको खोपको प्रतीक्षामा छु ।”

भक्तपुरकी लक्ष्मी पौडेल उमेरले ७० वर्ष कटिसकेकी छन् । उनले कोरोनाविरुद्धको खोप लगाइसकिन । पौडेललाई भने ज्वरो आएको थियो । उनले विश्वासका साथ कोरोना खोप लगाएको जानकारी दिइन् ।

सरकारले फागुन २३ गतेदेखि वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ । उमेर ५५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउने अभियानमा शिक्षकलाई पनि कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ४२ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको