१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कुटपिट गरी गर्भपतनको गराएको आरोपमा तीनजना पक्राउ



सप्तरी । सप्तरीको महादेवा गाउँपालिका-४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार महादेवा गाउँपालिका-४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत पक्राउ परेका हुन ।

आरोपितमध्ये तीनजना पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताए ।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखेपछि निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताइन ।

आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ५० बजे

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को