१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सर्वोच्चको फैसलापछि रोकिएको शिलान्यास र उदघाटन अभियान पुनः सुरु, प्रधानमन्त्री ओली झापा जाँदै



काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएको बैशाखको निर्वाचनलाई लक्षीत ओली सरकारको शिलान्याश र उदघाटन कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले निरन्तरता दिएका छन् ।

देशैभरका उदघाटन हुन बाँकी योजनाहरुको उदघाटन र भावी योजनामा परेका कार्यक्रमहरुको शिलान्याश गर्ने अभियानकासाथ ओली सरकारले सुरु गरेको चुनावी दौडाहाका केहि कार्यक्रम स्थगित भएपनि आजबाट प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेर उदघाटन र शिलान्यास दौडाहालाई निरन्तरता दिन थालेका हुन् ।

सर्वोच्चको फैसला पछि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास रोकिएको थियो । अर्थमन्त्री विष्णु पाैडेलले फागुन १३ गते शिलान्यास गर्ने तय भएको कार्यक्रम अचानक रोकिएको थियो ।

प्रधानमन्त्रीले आज गृह जिल्ला झापा पुगेर औद्योगिक क्षेत्र शिलान्यास लगायतका कार्यक्रममा सहभागीता जनाउने छन् ।

प्रधानमन्त्रीले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिएको एउटा औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास भएपनि फागुन १३ गतेको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम भने स्थगित भएको थियो । त्यसैगरि १४ गतेको मकवानपुरको औद्योगिक क्षेत्र शिलान्यास पनि रोकिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : ४६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान