२७ बैशाख २०८३, आइतबार | May 11, 2026

सर्वोच्चको फैसलापछि रोकिएको शिलान्यास र उदघाटन अभियान पुनः सुरु, प्रधानमन्त्री ओली झापा जाँदै



काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएको बैशाखको निर्वाचनलाई लक्षीत ओली सरकारको शिलान्याश र उदघाटन कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले निरन्तरता दिएका छन् ।

देशैभरका उदघाटन हुन बाँकी योजनाहरुको उदघाटन र भावी योजनामा परेका कार्यक्रमहरुको शिलान्याश गर्ने अभियानकासाथ ओली सरकारले सुरु गरेको चुनावी दौडाहाका केहि कार्यक्रम स्थगित भएपनि आजबाट प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेर उदघाटन र शिलान्यास दौडाहालाई निरन्तरता दिन थालेका हुन् ।

सर्वोच्चको फैसला पछि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास रोकिएको थियो । अर्थमन्त्री विष्णु पाैडेलले फागुन १३ गते शिलान्यास गर्ने तय भएको कार्यक्रम अचानक रोकिएको थियो ।

प्रधानमन्त्रीले आज गृह जिल्ला झापा पुगेर औद्योगिक क्षेत्र शिलान्यास लगायतका कार्यक्रममा सहभागीता जनाउने छन् ।

प्रधानमन्त्रीले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिएको एउटा औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास भएपनि फागुन १३ गतेको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम भने स्थगित भएको थियो । त्यसैगरि १४ गतेको मकवानपुरको औद्योगिक क्षेत्र शिलान्यास पनि रोकिएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : ४६ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको