२९ चैत्र २०८२, आइतबार | April 13, 2026

सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्, अदालतप्रति मेरो भरोसा छ : प्रचण्ड (लिखित जवाफसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार पारेको निवेदन बोकेर अदालतमा आफु विरुद्ध अवहेलनाको मुद्दा दायर गरिएको आरोप लगाएका छन् ।

अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका प्रचण्डले निवदेकले अरोटको काम मात्र गरेको जिकिर गरेका छन् । अरोटको काम गर्दा दलको नाम र ठेगानामा समेत अनभिज्ञ भएको प्रचण्डले जनाएका छन् ।

मनगढन्ते निवेदन दर्तासम्म हुन नहुने जिकिर गर्दै प्रचण्डले भनेका छन्, ‘यस्ता उडण्ते निदवेदन दर्तासम्म हुन नसक्ने हो ता पनि सम्मनि अदालतको मर्यादाका खातिर आफै उपस्थित भै जवाफ दिइरहेको छु । प्रधानमन्त्रीले तोकेको निर्वाचन संविधान विरुद्धमा जनतालाई हेप्ने गरी तोकेकोमा म पूर्ण विश्वस्त छु ।’

प्रचण्डले आफुले अदालतप्रति भरोसा राखेको बताएका छन् । लिखित जवाफमा उनले भनेका छन्, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँदछन् । तसर्थ अदालत विचलित हुनै सक्दैन । हाम्रो र मेरा दल यसमा सचेत छ । अदालतप्रति बढी भरोसा छ ।’

प्रचण्डको लिखित जवाफ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/prachanda-likhit-jawaf.pdf”]

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ५४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्