७ आश्विन २०८३, बुधबार | September 23, 2026

तिलोत्तमा चेम्बरका पदाधिकारी कार्यशाला गोष्ठी गर्न पोखरा पुगे



बुटवल । तिलोत्तमा चेम्बर अफ कमर्श रणनीतिक कार्यशाला गोष्ठी गर्न पोखरा पुगेको छ । तिलोत्तमाका उद्योगी व्यवसायीको हक हितको रणनीति बनाउन संघका कार्यसमिति नै पोखरा पुगेर ३ दिन सम्म गाष्ठी सञ्चालन गरेका छन् ।

पोखरा गोष्ठीले संस्थालाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्नेगरी गोष्ठीले दुई वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ । कार्यशाला गोष्ठीमा पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. भरतराम ढुंगानाले व्यापार प्रवद्र्धन र रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए ।

विभिन्न क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्दै आफ्ना गतिविधि र कार्यक्रम अघि बढाउने कार्ययोजना पनि गोष्ठीले पारित गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष बाबुलाल भुसालले बर्तमान अवस्थामा संस्थालाई व्यावसायिक हक अधिकार संरक्षण गर्ने साझा संस्थाका रुपमा विकास गर्न सबैमा एकताको भावना जागृत हुनु जरुरी रहेको बताए ।

त्यस अवसरमा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराललगायतले संस्थागत विकासको लागि आवश्यक काम, सामाजिक गतिविधि तथा जिम्मेवारीका विषयमा आ आफ्नो धारणा राखेका थिए । त्यसक्रममा संस्थाले आगामी दिनमा सामना गर्नु पर्ने चुनौती, अवसर, बर्तमान अवस्था र संस्थाको सवल पक्षका विषयमा समिक्षा गरिएको थियो ।

कार्यशाला गोष्ठीको संयोजन संस्थाका महासचिव विष्णु बराल, सचिव सुरेन्द्र बर्मा, कोषाध्यक्ष बाबुराम कंडेल र सदस्य विष्णु कालिराजले गरेका थिए । कार्यक्रममा अध्यक्ष भुसालले कार्यशाला गोष्ठीको आयोजना संस्थागत कामको समिक्षा गर्दै भावी योजना बनाउन र मार्ग दिशा कोर्नका लागि सहज भएको बताए । उनले गोष्ठीबाट आएका निश्कर्षहरु कार्यान्वयन गर्ने कुरामा सिंगो कार्यसमिति इमान्तारिताका साथ लाग्नु पर्ने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ३० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई