२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बर्दिया निकुञ्जभित्रको राजमार्गमा मात्र ७ ट्राली फोहोर



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको राजमार्ग सरसफाईबाट ७ ट्रली (ट्याक्टर)फोहोर निस्किएको छ । निकुञ्ज क्षेत्र भित्रको ३२ किलोमिटर पुर्वपश्चिम राजमार्ग सरसफाई गर्दा सो फोहोर निस्किएको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी शिकारी युवा परिचालन अभियानका युवालगायतको टोलीले राजमार्ग सरसफाई गरेका हुन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत रम्भापुर देखि सैनवार सम्म र अम्रेनी देखि कर्णालीपुल सम्मको ३२ किलोमिटर सडक सरसफाई गरिएको थियो । राजमार्गको छेउमा यात्रुहरुले फालेको फोहोरमात्र संकलनगर्दा ७ ट्रली फोहोर निस्किएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताए ।

राजमार्ग भएर ओहोर दोहोर गर्ने यात्रुहरुले फालेको फोहोरको कारण निकुञ्ज क्षेत्र भित्रको राजमार्ग अत्यन्त फोहोर हुने गरेको छ । विशेषगरी प्लाष्टिक जन्य फोहोरको कारणले पर्यावरणलाई असर पुर्याउनुका साथै वन्यजन्तुलाई समेत असर गरेको छ । वन्यजन्तु र वातावरणलाई असर हुने भएकोले निरन्तर राजमार्ग सरसफाई गर्ने गरीएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । उनले भने सरसफाईले वन्यजन्तुको संरक्षण र पर्यावरणको संरक्षणमा सहयोग पुग्ने आशालिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले निरन्तररुपमा निकुञ्ज क्षेत्र भित्रको राजमार्ग सरसफाई गर्ने गरेको छ । राजमार्ग वरीपरी फोहोरको मात्र बढ्दै गएपछि नियमित सरसफाई गर्न थालिएको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ४२ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको