२६ बैशाख २०८३, शनिबार | May 9, 2026

दमौली कारागारमा कैदीबन्दीबीच झडप, पाँच घाइते



दमौली ।  दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन्। झडपमा परी तीन नाइके र दुई कैदीबन्दी घाइते भएको दमौली कारागार प्रशासनले जनाएको छ ।

घाइते हुनेमा नाइकेतर्फ धनबहादुर शाही, अनुप थापा र ज्ञानबहादुर विक रहेका छन्। त्यसैगरी कैदीबन्दीतर्फ माधव कँडेल र कुलबहादुर तामाङ घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये चारको दमौली अस्पतालमा र एकको दमौलीस्थित समाधान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कारागारमा हाल रहेका चौकीदार र नाइके हटाएर आफूले चाहेको व्यक्तिलाई राखिनुपर्ने मागमा उत्रिएका कैदीबन्दीबीच विवाद हुँदा झडप स्थिति भएको बताइएको छ।

घटना पश्चात प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेल, जेलर र कैदीबन्दीबीच कारागारमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ५९ बजे

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा