१५ बैशाख २०८१, शनिबार | April 27, 2024

साँघुरियो फेवा ताल



पोखरा । नेपाल-भारत सहयोग मिसनको रिपोर्टले २०१८ सालमा फेवा तालको क्षेत्रफल १०.३५ वर्ग किलोेमिटर रहेको उल्लेख गरेको थियो ।

नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले त्यसकै आधारमा प्रमाण खोजी गर्दै गए । तर, कुनै प्रमाणले त्यसो भनेन । ‘न स्थानीय बूढापाकाका अनुभवले त्यसो भन्यो’, गौतमले भने, ‘त्यही रिपोर्ट आउँदाको बेलाको तालको नक्सा खोजेर नाप्दा पनि भनिएजति भेटिएन ।’

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वप्रकाश लामिछानेको नेतृत्वमा फेवा ताल अतिक्रमण जग्गा छानबिन समिति बनाए । उक्त समितिले तालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्गकिमि) रहेको प्रतिवेदन बनायो । इन्जिनियर गौतम सदस्यसचिव रहेको समितिको प्रतिवेदनले भने त्योभन्दा फरक तथ्य निकालेको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा पुण्य पौडेलको संयोजकतत्वमा गठित समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमि निक्र्योल गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पौडेल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गरेका हुन । फेवा तालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक पछिल्लो समितिले निकालेको छ ।

फेवा ताल संरक्षण गर्न सीमा कहाँ हो भन्ने यकिन नभएका बेला सीमा निर्धारण र नक्सांकन हुनु ऐतिहासिक उपलब्धि भएको मुख्यमन्त्री गुरुङले बताए । ‘संरक्षणकै लागि सीमांकन भयो, नक्सांकन भयो । अब संरक्षण पनि हुन्छ’, मुख्यमन्त्री गुरुङले भने ।

समितिका सदस्यसचिव गौतमले वैज्ञानिक आधारमै क्षेत्रफल निर्धारण र नक्सांकन गरिएको दाबी गरे। गौतमका अनुसार तालको अहिलेसम्मको अध्ययन, वैज्ञानिक आधार, प्रमाणका आधारमा क्षेत्रफल तयार पारिएको हो । सबै अध्ययन, प्रतिवेदनलाई केलाएर त्यसबाट वैज्ञानिक हुने क्षेत्रफल कायम गर्न समितिले सिफारिस गरेको संयोजक पौडेलले बताए । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ३० बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक