२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

साँघुरियो फेवा ताल



पोखरा । नेपाल-भारत सहयोग मिसनको रिपोर्टले २०१८ सालमा फेवा तालको क्षेत्रफल १०.३५ वर्ग किलोेमिटर रहेको उल्लेख गरेको थियो ।

नापी कार्यालय कास्कीका प्रमुख इन्जिनियर खिमलाल गौतमले त्यसकै आधारमा प्रमाण खोजी गर्दै गए । तर, कुनै प्रमाणले त्यसो भनेन । ‘न स्थानीय बूढापाकाका अनुभवले त्यसो भन्यो’, गौतमले भने, ‘त्यही रिपोर्ट आउँदाको बेलाको तालको नक्सा खोजेर नाप्दा पनि भनिएजति भेटिएन ।’

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्वप्रकाश लामिछानेको नेतृत्वमा फेवा ताल अतिक्रमण जग्गा छानबिन समिति बनाए । उक्त समितिले तालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६.५४ वर्गकिमि) रहेको प्रतिवेदन बनायो । इन्जिनियर गौतम सदस्यसचिव रहेको समितिको प्रतिवेदनले भने त्योभन्दा फरक तथ्य निकालेको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा पुण्य पौडेलको संयोजकतत्वमा गठित समितिले फेवाको क्षेत्रफल ५.७२६ वर्गकिमि निक्र्योल गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पौडेल संयोजकत्वको प्रतिवेदन सार्वजनिक गरेका हुन । फेवा तालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक पछिल्लो समितिले निकालेको छ ।

फेवा ताल संरक्षण गर्न सीमा कहाँ हो भन्ने यकिन नभएका बेला सीमा निर्धारण र नक्सांकन हुनु ऐतिहासिक उपलब्धि भएको मुख्यमन्त्री गुरुङले बताए । ‘संरक्षणकै लागि सीमांकन भयो, नक्सांकन भयो । अब संरक्षण पनि हुन्छ’, मुख्यमन्त्री गुरुङले भने ।

समितिका सदस्यसचिव गौतमले वैज्ञानिक आधारमै क्षेत्रफल निर्धारण र नक्सांकन गरिएको दाबी गरे। गौतमका अनुसार तालको अहिलेसम्मको अध्ययन, वैज्ञानिक आधार, प्रमाणका आधारमा क्षेत्रफल तयार पारिएको हो । सबै अध्ययन, प्रतिवेदनलाई केलाएर त्यसबाट वैज्ञानिक हुने क्षेत्रफल कायम गर्न समितिले सिफारिस गरेको संयोजक पौडेलले बताए । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ३० बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि