८ बैशाख २०८१, शनिबार | April 20, 2024

रेडियो सोलु एफ.एममा आगलागी, झण्डै एक करोड रुपैयाँ बराबरको क्षति



सोलुखुम्बु । रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो ।

स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङ उपकरणसहित भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिएका छन ।

आगलागीबाट झण्डै एक करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खुलिसकेको छैन ।

आगो नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा, रेडियोका कर्मचारीलगायतको सहयोगमा झण्डै २ घण्टापछि निभाइएको थियो ।

यो रेडियो प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो हो । २०६१ सालमा स्थापना भएको सोलु एफ एम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ०८ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन