५ श्रावण २०८३, मंगलबार | July 22, 2026

एकाघरका सासु झुण्डिएर आत्महत्या, बोरामा बाँधेको अवस्थामा बुहारीको शव भेटियो !



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका भाडगाँउमा बोरामा बाँधेर फ्याँकीएको अवस्थामा युवतीको शव फेला परेको छ । रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र स्थानीयले दिएको जानकारी अनुसार गत माघ २९ गते घरबाट हराएकी स्थानीय सम्झना बोहराको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कपडाका आधारमा भेटिएको शव सम्झनाकै भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका नायव प्रहरी उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

स्थानीयले शवको गन्ध आएको खबर गरेपछि घटना स्थलमा प्रहरी पुग्दा शव भेटिएको उनले बताए । प्रहरीका अनुसार बारीको कुनामा टाउको सहित आधा शरिर बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो । घटनास्थललाई प्रहरीले शिल गरेको छ ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना यस्तो थियो :

गत माघ २९ गते २१ वर्षिया सम्झना घरबाट हराएकी थिईन् । उनी घरबाट बेपत्ता भएपछि सम्झनाका माईतिपक्षले घरकै सासुबाट हत्या वा बेपत्ता पारिएको हुन सक्ने भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले सम्झनाकी सासु तोमकली खत्रीलाई साधेपुछका लागि नियन्त्रणमा लिएर छाडेको थियो । प्रहरी नियन्त्रणबाट निस्केको अर्को दिन सासुले पनि घर नजिकैको रुखमा झुण्डीएर आत्माहत्या गरेकी थिईन् ।

फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाण्डेले बताए । स्थानीय मुसीकोट सम्झनाको माईत भएपनि मुख्य व्यक्ति काठमाडौबाट आउनु पर्ने भएकाले उनीहरुको प्रतिक्षामा घटनास्थल सशल गरिएको पाण्डेले बताए ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं