२१ मंसिर २०८२, आइतबार | December 7, 2025

संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर्न अन्तर्राष्ट्रिय संस्थाहरुको माग



काठमाडौं । तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले संवैधानिक आयोगमा गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् ।

संसदीय सुनुवाइ बिना संवैधानिक आयोगहरूमा गरिएका नियुक्ति खारेज गर्न ती संस्थाले माग गरेका हुन् । ह्युमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टरनेसनलले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नियुक्ति खारेजीको माग गरेका हुन्।

सरकारले प्रतिनिधिसभा भंग गरेलगत्तै संवैधानिक आयोगमा सिफारिस गरिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको थियो । संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशमार्फत प्रधानमन्त्री, प्रधानन्यायाधीस र राष्ट्रिय सभा अध्यक्ष बसेर मंसिर ३० गते गरेको निर्णयलाई पुष ५ गते अपरान्ह सार्वजनिक गरेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखहरुसहित ३८ जनाको नाम सिफारिस भएपनि संसदीय सुनुवाई विना ३२ जनाको नियुक्ति भएको थियो । ति नियुक्तिले संवैधानिक आयोगहरूको निष्ठाप्रतिको जनआस्था र विश्वासलाई कमजोर बनाएको उनीहरुको निस्कर्ष रहेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरुले जारी गरेको विज्ञप्तिमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि प्रश्न उठाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक आयोगहरूको स्वतन्त्रतालाई कमजोर पार्ने गरी ल्याएको अध्यादेशलाई नेपाल सरकारले तत्काल फिर्ता गरी कुनै पनि परामर्श र संसदीय सुनुवाइ प्रक्रियासमेत अवलम्बन नगरी यी आयोगहरूमा गरिएका नियुक्तिलाई रद्द गर्नुपर्दछ ।’

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, प्रधानन्यायाधीस, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । तर, सरकारले भने अध्यादेश मार्फत ३ जनाको उपस्थितिमै ती निर्णयहरु गरेको थियो ।

बदनियतपूर्ण ढंगले संवैधानिक परिषदको बैठक बसाल्न अध्यादेश जारी गरेको र नियुक्ति गरेको भन्दै सभामुख अग्नि सापकोटाले नै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सभामुखबाहेक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल र समृत खरेल दर्ता गराएका सबै रिट हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ३३ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल