३० भदौ २०८३, मंगलबार | September 15, 2026

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा



काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ ।

डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ । रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको छ ।

अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । अगाडी र पछाडी दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।

सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ ।

इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम ९भ्ःक्० जडान भएको हुँदाँ अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । मसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ । नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् ।

आइएमई अटोमोटिम्स प्रा.लिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ४७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ