१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो



काठमाडौ । नबिल बैंकले बचतको बानी बसाल्ने भिडियो ल्याएको छ । बैंकले सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउँदो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि भिडियो ल्याएको हो ।

बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउदै आएको छ ।
यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो ।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने कुरा यस भिडियो मार्फत् देखाइएको छ ।

नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरिएको छ । नबिल बैंकको ३६ वर्षको यात्रामा नबिल बैंकले लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ०४ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको