५ चैत्र २०८२, बिहिबार | March 20, 2026

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा गौतम निर्वाचित



बुटवल । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन ।

सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्धन्द्धी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुुन । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए ।

त्यस्तै गरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।

त्यस्तैगरी प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्डारीका प्रतिद्ध्रन्द्धी मोहनलाल पाण्डेले २९० मत मात्र ल्याए । त्यस्तै द्धियीय उपाध्यक्षमा रोमकान्त पाण्डे विजयी ३३६ मत सहित विजयी भए ।

उनका प्रतिद्धन्द्धी चिरञ्जीवी पोखरेलले २८३ मत ल्याए । त्यस्तै गरी महासचिवमा माधवकुमार खनाल ३९७ मत ल्याएर विजयी भए । खनालका प्रतिद्धन्द्धी प्रेमप्रसाद बञ्जाडेले २३५ मत मात्र ल्याए । सचिवमा अर्जुन थापा निर्विरोध भएका छन । कोषाध्यक्षमा टंक प्रसाद पराजुली ३३२ मत सहित विजयी भए । त्यस्तैगरी सहकोषाध्यक्ष खिमराज पोखरेल निर्विरोध भएका थिए ।

सदस्यहरुमा अर्जुन पोखरेल ३८०, थम्मन भण्डारी ३६०, उमेश सापकोटा ३५९, तुलसीराम पराजुली ३३३, माधव ढकाल ३३३, टंकप्रसाद पोखरेल ३२५, रामबहादुर न्यौपाने ३२१, कृष्ण प्रसाद पाण्डे ३०८, डिल्लीराज अर्याल ३०२, केशवराज कंडेल २९८, खुमराज ज्ञवाली २९३ मत सहित विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ८ : ३२ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको