२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

स्पेनिस फुटबल क्लब बार्सिलोनाको अफिसमा प्रहरीको छापा, ४ जना पक्राउ



एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेको छ । आर्थिक अपचलन र कर छलीको आशंकामा क्लबका चार जना कर्मचारी पक्राउ समेत परेका छन ।

प्रहरीले आफ्नो छानविन जारी रहेको भन्दै पक्राउ गरिएकाहरुको परिचय खुलाएको छैन । तर स्पेनिस मिडियाले क्लबका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि पक्राउ परेका दावी गरेका छन ।

बार्सिलोनाले गत आइतवार मात्रै क्लबको नयाँ अध्यक्षको निर्वाचन गरेको थियो । सोमवार प्रहरीले कार्यालयमा छापा मारेर धरपकड गरेको बताईएको छ ।

गत वर्ष बार्सागेट प्रकरणमा बार्सिलोनाले आफ्नै खेलाडीहरुलाई सामाजिक संजालमा आलोचना गर्न एउटा निजि फर्मलाई करारमा राखेको खुलाशा भएको थियो ।

तर क्लबले आधिकारिक रुपमा भने यो खबरको खण्डन गरेको थियो । विवाद बढ्दै गएपछि गत अक्टोबरमा क्लबका अध्यक्ष बार्तोमेउले पदबाट राजिनामा घोषणा गरेका थिए । बार्सिलोना फुटबल क्लबले प्रहरीको जारी छानविनमा पूर्णरुपले सहयोग गर्न बताएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ७ : १२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री