३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

राहत र अनुदान दुरुपयोग रोक्न प्रिपेड कार्ड मार्फत राहत वितरण



बर्दिया । बर्दियाको बारबर्दियामा कोभिडबाट प्रभावित विपन्न नागरीकहरुलाई प्रिपेड कार्ड मार्फत राहत वितरण गरीएको छ । राहत रकमको दुरुपयोग नहोस् भन्ने उद्देश्यका साथ नगरपालिका, प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबले राहत कार्ड मार्फत राहत रकम वितरण गरेको हो ।

बारबर्दिया नगरपालिकाका वडा नं ३ र वडा नं ११ मा प्रिपेड कार्ड वितरण गर्न थालेको हो । प्रिपेड कार्ड वितरणका लागि बैंकिङ्ग सहयोग प्रभु बैंकले गरेको छ । कार्डको प्रयोग गरी राहत पाएका परिवारहरुले आफ्नो आवश्यक्ता अनुसार खाद्यन्न लत्ताकपडा औषधी, निर्माण सामाग्रीहरु खरिद गर्न सक्छन् ।

दुई वटा वडाका अतिविपन्न, गरिब, अपाङ्ग लगायतकालाई राहत वितरण गरीएको हो । राहतवितरण कार्यको सुरुवात बारबर्दिया नगरपालिका वडा नं ११ बाट सुरु गरीएको छ । कोभिडबाट प्रभावित अतिविपन्न परिवारको पहिचान गरी राहत रकम उपलब्ध गराईएको बारबर्दिया नगरपालिका ११ नं वडा अध्यक्ष विजयकुमार चौधरीले बताए । राहत पाउने सेवाग्राहीले आँफुलाई आवश्यक पर्ने सामाग्री खरिदको लागितो किएको पसलमा जान सक्नेछन् ।

सामान खरिद गर्नकालागि बारबर्दिया –६ जयनगरमा रहेका किराना पसल, खाद्यन्नपसल, हार्डवेयर, कपडा पसल, औषधी पसलहरुमा व्यवस्था मिलाईएको छ । पसलमा कार्ड स्विप गर्ने मेसिन दिईएको छ । राहत पाउने परिवारले आवश्यक्ता अनुसार सामाग्रीहरु खरिद गरुन् र अनावश्यक खर्च नगरुन् भनेर कार्ड मार्फत रकम उपलब्ध गराईएको वडाध्यक्ष चौधरीले बताए ।

कार्डबाट राहत दिँदा रकमको दुरुपयोग हुनबाट जोगिने बारबर्दिया नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक टेकबहादुर वि.क.ले बताए ।

प्लान इन्टरनेशनल नेपालले पहिलो चरणमा १० हजार दुई सय ५० रुपैयाँ उपलब्ध गराएको छ । सो रकम खर्च भई सकेपछि पुनःअर्को किस्ता रकम दिईने प्लान नेपाल बाँके युनेस्को क्लबले जनाएको छ । बारबर्दिया नगरपालिकाको वडा नंम्बर ११ का २ सय ९ जनालाई कार्ड बितरणको गरिएको छ भने वडा नम्बर ३ मा २ सय ७ जनालाई प्रि–पेड कार्ड बितरण गर्ने कार्यक्रम रहेको छ ।

नगर भित्र अतिजोखिममा रहेका परिवारकालागि उत्थानशिलता निर्माण र आधारभूत आबश्यकता सुनिश्चितताका लागि पालिकाले राहत रकम बितरण गर्न थालेको हो ।

बारबर्दिया नगरपालिकामा यस अघि वडा नम्बर १ र १० मा क्रमशः २२२, २२४ जनाले २७ हजार बराबरको आबश्यक समाग्रीप्राप्त गरीसकेका छन् । बर्दियामा पहिलो पटक मा ४ सय ४६ जनालाई र हाल ३ र ११ वडाका ४ सय १६ जनालाई कार्ड बितरण गरिरहेको छ ।

यसैगरी प्रिपेड कार्डमा कुनैपनि समस्याआएमा बैंकमा सम्पर्क गर्न प्रभु बैंक गुलरियाका प्रबन्धक संरक्षण शर्माले बताए । उनले आफ्नो पिन नं सुरक्षित राख्न सिकाउँदै ठगिएको कुनै शंकालागेमा बैंकमा सम्पर्क गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ०८ बजे

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज