९ चैत्र २०८२, सोमबार | March 24, 2026

यही सरकार जनताको लागि कम्फर्टेवल छ : प्रधानमन्त्री ओली



झापा । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन दाेहाे¥याएर चुनौती दिएका छन्।

सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलामा चनौती दिएका प्रधानमन्त्री ओलीले मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा आफूहलाई हटाउन सजिलो नभएको कुरा दोहो¥याएका हुन् ।

प्रधानमन्त्री ओलीले आफू अदालतमा मुद्दा हाल्न नगएको बताउँदै अदालतको आदेश पालना गर्न तयार रहेको बताए । उनले आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने पनि बताए।

उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।

‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ । नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने ।

‘मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशी साथ हट्छु। तर, मलाई हटाउन सजिलो छैन’, उनले भने, ‘अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव हुन्छ। त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु।’

वर्तमान सरकार नै जनताका लागि कम्फर्टेवल भएको बताउंदै उनले अर कसैको कम्फर्टेवलका बिषयमा आफुले केहि नसोंचेको बताए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ५ : ०२ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११