४ पुस २०८२, शुक्रबार | December 20, 2025

वीर गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता : सनिल क्वार्टरफाइनलमा



काठमाडौं । ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी हुन् । पुरुषकै ६४ केजी तौल समूहमा आयुषमान चटौतले अर्विन पञ्जियार, टोविन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए ।

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको पुरुष ५२ केजीमा एनआईडीसीका नारायण भुजेलले सीबीसीका जीवनकुमार पुनलाई पराजित गरे । यही तौल समूहका अन्य स्पर्धामा सुमन नेपाली, शक्ति लामा र बुद्ध लामाले पनि जित निकाले । सुमनले मदनकृष्ण डंगोल, शक्तिले विमोचन लामिछाने र बुद्धले नवराज सुवेदीलाई पराजित गरे ।

यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा अजय चौधरीले मिङ्मार शेर्पा, प्रशान्त लामाले कल्याण राई र प्रकाश मगरले लोमस अधिकारीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुष ६० केजीमा मौसम रानामगर, शेखर कुटुभुजु, आभासप्रताप शाह र विवेक गुरुङले जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाए । मौसमले निश्चल गुरुङ, शेखरले अनिलरत्न वज्राचार्य, आभासप्रतापले सुजितध्वज कार्की र विवेकले मार्सल गुरुङलाई पराजित गरे ।

पुरुषकै ६९ केजी तौल समूहमा सन्तोष खत्रीले प्रशान्त तामाङ तथा चन्द्र तामाङले आशुतोष मुल्मीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुषकै ७५ केजीमा रुपक नेपालीले रोशनलाई श्रेष्ठलाई पराजित गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ९ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको