११ असार २०८३, बिहिबार | June 25, 2026

विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई बन्द प्रशिक्षण



काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप (२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट ४ जना खेलाडीहरुलाई संघले बन्द प्रशिक्षणमा बोलाएकने छ ।

यही मे ६ देखि २१ तारिख, २०२२ मा टर्कीको ईस्टानबुल शहरमा हुन गईरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा नेपालले ४८ केजी तौल समुहमा सुस्मन तामाङ, ५२ केजी तौल समुहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी ४ जना खेलाडीहरु भर्खरै थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन् । जस मध्ये पुनम रावलले काँस्य पदक जितेकी थिईन । रावलले जितेको पदक १२ वर्ष पक्ष नेपालले जितेको पदक हो । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दिपक महर्जनले काँस्य पदक जितेका थिए ।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटो स्थित बक्सिङ्ग प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिईरहेका छन् । सो प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् । प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमशः एकलाख, पचासहजार र पच्चीस हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छ ।

आसन्न १९ औं एशियन गेम्सको तयारीको लागि यो प्रतियोगिता अति महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ३५ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौँ । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,