५ चैत्र २०८२, बिहिबार | March 20, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै छ ।

आज दिउँसो १ बजे पेरिसडाँडामा बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे समीक्षा र आगामी रणनीति तय गरिने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसअघि गएको ७ गते पनि प्रचण्ड-नेपाल पक्षले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो । आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आफ्नो पक्षको निर्णयको आधिकारिकता खोज्दै निर्वाचन आयोग पुगेको प्रचण्ड-नेपाल पक्षले आवश्यक परे सक्कल कागजात आयोगलाई बुझाउने बताउँदै आएको छ । नेकपाले यसअघि गएको पुस ५ गते संसद सचिवालयमा पेस भएको अविश्वासको प्रस्ताव फिर्ता लिएर सहमतिका लागि विकल्प खुला गर्ने निर्णय गरिसकेको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणासँगै नेकपा दुई समूहमा विभाजित छन् । दुवै समूहले छुट्टाछुट्टै बैठक र कार्यक्रमहरु गर्दै आएका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रचण्ड-नेपाल पक्ष नयाँ सरकार गठन र सत्ता समीकरणको कसरतमा जुटेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : ०० बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको