२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

सरकार र विप्लव समुहबीच प्रधानमन्त्री निवासमै वार्ता



काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमै भएको वार्ता करिव डेढ घण्टा चलेको थियो । वार्तामा ३ बुंदे सहमति भएको बताईए पनि उपयुक्त समयमा सार्वजानिक गर्ने समेत सहमति भएको जनाइएको छ ।

दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइए पनि विप्लव पक्षले पुर्ववत प्रतिबन्ध फुकुवा र बन्दी बनाईएका कार्यकर्ता रिहा गर्ने सर्त राखेको र सरकारका पक्षबाट अवश्यक प्रक्रिया पु-याएर कार्यान्वयन गर्ने आश्वासन दिएको समेत उक्त स्रोतले दाबी गरेको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराए । भट्टराईले भनेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव० ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँछु।’

वार्तामा भएको छलफलका बिषयमा भने दुबै पक्षले जानकारी गराएका छैनन् ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

प्रकाण्ड र चलाउने बुधबार बिहानै बालुवाटार प्रवेश गराईएको उक्त स्रोतले बतायो । गृहमन्त्री थापा भने ९ बजेतिर मात्र बालुवाटार पुगेका थिए । सरकारले २०७५ फागुन २८ मा विप्लव समूहलाई ध्वंसात्मक गतिविधि गरेको ठहर गर्दै प्रतिबन्ध लगाएका थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ११ : ४६ बजे

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै