३० असार २०८३, मंगलबार | July 14, 2026

सहमति कार्यान्वयनमा सरकारले बेवास्ता गरेपछि विप्लव नेकपाका नेताहरुले भेटे प्रधानमन्त्री



काठमाडौं । सहमति भएको ४ महिना सम्म पनि सरकारले बेवास्ता गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

आइतबार बालुवाटार पुगेर नेकपाका नेताहरुले सरकारसँग गरिएको पूर्वसहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

नेताहरुले पार्टीसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीसँग भेट्न खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले बालुवाटार पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई भेटेर बन्दी अवस्थामा रहेका नेताहरुलाई तुरुन्त रिहा गर्न आग्रह गरेका थिए।

सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो।

बालुवाटारबाट बाहिरिए लगत्तै पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्कबहादुर विश्वकर्माले प्रधानमन्त्रीसँग भेटेर बन्दी नेता कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरेको बताए।

उनले १० दिनभित्र पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको समेत जानकारी दिए।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ५८ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक