१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रचण्ड-नेपाल नेकपाद्वारा संसदीय दलको नेताबाट ओली हटाइए, ६ जना केन्द्रीय सदस्यलाई अनुशासनको कारवाही



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने यसअघि गरेको निर्णयलाई अनुमोदन गरेको हो । बैठकले उपनेताबाट सुवास नेम्वाङलाई पनि हटाउने निर्णय गरेको छ ।

पार्टीको अन्तरिम विधान उल्लंघन गरेका कारण नेम्वाङलाई स्थायी कमिटीबाट समेत निलम्बन गरिएको छ । उनलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको छ ।

यसैगरी बैठकले पार्टीका ६ जना केन्द्रीय सदस्यलाई विधान विपरित कार्य गरेको भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बित हुनेहरुमा प्रभु शाह, सूर्य थापा, गोकुल बाँस्कोटा, निरु पाल, शान्ता चौधरी, महेश बस्नेत रहेका छन् ।

यसैगरी, केही दिन अघि प्रधानमन्त्रीले मुख्य सचेतकको जिम्मा दिएका केन्द्रीय सदस्य विशाल भट्टराईलाई पनि केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । उनलाई सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय भएको छ ।

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ३२ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको