१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रचण्ड-नेपाल नेकपाद्वारा संसदीय दलको नेताबाट ओली हटाइए, ६ जना केन्द्रीय सदस्यलाई अनुशासनको कारवाही



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने यसअघि गरेको निर्णयलाई अनुमोदन गरेको हो । बैठकले उपनेताबाट सुवास नेम्वाङलाई पनि हटाउने निर्णय गरेको छ ।

पार्टीको अन्तरिम विधान उल्लंघन गरेका कारण नेम्वाङलाई स्थायी कमिटीबाट समेत निलम्बन गरिएको छ । उनलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको छ ।

यसैगरी बैठकले पार्टीका ६ जना केन्द्रीय सदस्यलाई विधान विपरित कार्य गरेको भन्दै केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बित हुनेहरुमा प्रभु शाह, सूर्य थापा, गोकुल बाँस्कोटा, निरु पाल, शान्ता चौधरी, महेश बस्नेत रहेका छन् ।

यसैगरी, केही दिन अघि प्रधानमन्त्रीले मुख्य सचेतकको जिम्मा दिएका केन्द्रीय सदस्य विशाल भट्टराईलाई पनि केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ । उनलाई सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय भएको छ ।

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ३२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना