२ असार २०८२, सोमबार | June 16, 2025

प्रचण्ड-नेपाल नेकपा केन्द्रीय कमिटी बैठक : संसदीय दलको उपनेताबाट हटाइए सुवास नेम्वाङ



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको उपनेता रहेका नेम्वाङलाई पदबाट हटाएको हो ।

केन्द्रीय कमिटी बैठक बस्नु अघि बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई उपनेताबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो ।

नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन बैठकले निर्देशन दिएको छ। नेम्वाङ अहिले नेकपाको ओली पक्षका नेता हुन् ।

संसदीय दलका नेता विरुद्ध एक चौथाई सांसदले निवेदन दर्ता गरे दलको उपनेताले १५ दिनभित्र अनिवार्य रुपमा संसदीय दलको बैठक बोलाउनुपर्ने नेकपा संसदीय दलको विधानमा लेखिएको छ ।

तर, उपनेता ओली पक्षतिर हुँदा प्रचण्ड नेपाल पक्षले ओली विरुद्ध संसदीय दलभित्रै औपचारिक रुपमा अविश्वासको प्रस्ताव ल्याउन सकेको थिएन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ११ बजे

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका

मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी

मुस्ताङ । मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी

ट्रम्प विरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

काठमाडौं । अमेरिकाको चरित्र पनि आफैमा अद्वितीय रहेको छ। समा

सम्पर्क बाहिर रहेका धवल शमसेर राणा अदालतमा उपस्थित

काठमाडौँ । उपचार प्रयोजनार्थ भन्दै हाजिरी जमानीमा छुटेपछि प्रहरी सम्पर्क

आज एघारौं चुरे संरक्षण दिवस मनाईंदै

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर