२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

रुपन्देही सुपरलिग : न्यू होराइजन विजयी



भैरहवा । न्यू होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘ए’को खेलमा तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे तिरुपतिले निर्धारित ४४ ओभरको खेलमा २८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । उसका लागि विपिन न्यौपानेले २०, मनोज पुनले १५ सिमान्त शाहीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा न्यू होराइजनका पुरुषोत्तमा भट्टराईले ८.३ ओभरमा ३५ रन खर्चेर ५ विकेट लिन सफल भए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, तुलबहादुर थापाले २ तथा गोविन्द केसी, सुमित पराजुली र राहुल प्रजापतीले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यू होराइजनले २३.१ ओभरमा ३ विकेटको क्षतिमा ८४ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो । उसका लागि मनिष थापाले २८, अमर मिश्राले १८ र विशाल खत्रीले नटआउट १४ रनको योगदान गरे । बलिङमा तिरुपतिका वसिर अहम्मद, प्रदीप जैसवाल र विपिन न्यौपानेले समान १/१ विकेट लिए । बिहीबार डिभिजन ‘ए’ का देवदह क्रिकेट युनिट र वेष्टर्न क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ३२ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री