१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

धोबीखोला करिडोर दुई दशकमा पनि पूरा भएन



काठमाडौं । काठमाडौं उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झन्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन ।

खोलाको दुवैतिर गरी कुल २४ किलोमिटर लम्बाइ रहेको यस करिडोरको निर्माण २०५८ सालदेखि सुरु भएको हो । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापको व्यवस्थापन तथा सहरी विकासका लागि विभिन्न उपाय खोज्दै जापान सहयोग नियोग (जाइका) ले सन् १९९३ मा गरेको अध्ययन प्रतिवेदनको सुझाव अनुसार २०५८ देखि यो आयोजना सुरु गरिएको हो ।

झन्डै दुई दशकको अवधिमा अहिलेसम्म आयोजनाको ट्र्याक खोल्ने काम पनि सम्पन्न हुन सकेको छैन । ट्र्याक खोल्ने काम अझै दुई प्रतिशत बाँकी रहेको छ । अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ७० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी वर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन् भने आयोजनाको सुरुका वर्षमा निर्माण गरिएका संरचनासमेत ठाउँठाउँमा भत्किन थालेका छन् । सो करिडोर निर्माणको जिम्मा पाएको सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त भाइकाजी तिवारी बजेटको अभाव तथा ठाउँठाउँमा जग्गा विवादका कारण आयोजनाको काम आशा गरेअनुसार अगाडि बढ्न नसकेको बताउँछन् । आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने उनको दाबी छ ।

आयोजनाका अनुसार अहिलेसम्म यो करिडोर निर्माणको शीर्षकमा दुई अर्ब ८९ करोड ९० लाख रुपियाँ खर्च भइसकेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ६ : २९ बजे

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को